शनिबार, वैशाख ८, २०८१

‘सूर्यास्तपछि नङ, कपाल र दाह्री नकाट्नू !’

नेपालखोज २०७९ जेठ ३ गते ५:०१

हिन्दु धर्म र ज्योतिष शास्त्रअनुसार सूर्यास्तपछि गर्न नहुने केही यस्ता काम छन् । यिनीहरू गर्नाले घरमा रोग, शोक र संकट उत्पन्न हुन्छ र साथमा देवी लक्ष्मी क्रोधित हुन्छिन् ।

यसो नगर्नुहोस् नत्र पछुताउनु हुनेछ ।

१. नङ, कपाल र दाह्री काट्नु : विश्वास अनुसार राति नङ, कपाल र दाह्री काट्नु हुँदैन । यसले नकारात्मक असरसँगै ऋण पनि बढेर जान्छ ।

२. दूध पिउने : दूधको प्रभाव चिसो हुने भएकाले ज्योतिष शास्त्रअनुसार राति दूध पिउनु पनि हानिकारक मानिन्छ ।

३. रूख बिरुवाहरूलाई छुने वा पानी हाल्ने : सूर्यास्तपछि रूख बिरुवाहरू त्यसको पात छुन, पात टिप्नु वा पानी हाल्नु उचित मानिँदैन । ज्योतिष शास्त्रअनुसार सूर्यास्तपछि बोटविरुवाहरु पनि सुत्छन् । सूर्यास्तपछि तुलसीको बोटलाई छुन पनि हुँदैन ।

४. सूर्यास्त पछि स्नान : धेरै मानिसहरू सूर्योदय पछि र सूर्यास्त पछि दुई पटक स्नान गर्छन् । यदि तपाईं सूर्यास्त पछि नुहाउँदै हुनुहुन्छ भने, आफ्नो निधारमा चन्दन लगाउनु हुँदैन । राति नुहाउँदा चिसोको प्रकोप बढ्छ ।

५. लुगा धुने र सुकाउने : सूर्यास्तपछि लुगा धुनु ठीक मानिँदैन । जसका कारण आकाशबाट नकारात्मक ऊर्जा भित्रिन्छ । यो पनि भनिन्छ कि यसले मानिसलाई बिरामी बनाउँछ । यसले कपडामा ब्याक्टेरियाको संख्या बढ्ने पनि विश्वास गरिन्छ ।

६. खाना खुला राख्नु : सूर्यास्तपछि खाना वा पानी खुला राख्नु हुँदैन, छोपेर राख्नुपर्छ । मान्यता अनुसार यसलाई खुला छोड्दा नकारात्मक गुण बढ्छ ।

७. अन्तिम संस्कार नगर्नू : गरुण पुराणका अनुसार सूर्यास्तपछि अन्तिम संस्कार गरेमा मृत्यु हुने व्यक्तिले परलोकमा दुःख भोग्नुपर्छ । अर्को जन्ममा उसको अंगमा दोष हुन सक्छ ।

८. दही वा भातको उपभोग : सूर्यास्त पछि दहीको उपभोग पनि निषेधित छ । दही दान पनि नगर्नुहोस् । दही शुक्र ग्रहसँग सम्बन्धित छ र शुक्रलाई धन र वैभव प्रदान गर्ने मानिन्छ । त्यसैगरी सूर्यास्तपछि भात पनि खाइँदैन । जैन धर्मका अनुसार सूर्यास्त पछि खाना खानु हुँदैन किनभने यसले रोगहरू बढाउँछ । यसका अरु धेरै बेफाइदाहरु छन् ।

९. कुचो लगाउनु हुँदैन : मान्यताअनुसार सूर्यास्तपछि घरमा कुचो लगाउनु वा सरसफाइ गर्नु हुँदैन । सूर्यास्तपछि कुच्चो लगाउँदा धन हानि हुन्छ ।

१०. सुत्न निषेध गरिएको छ : सूर्यास्त पछि वा सूर्यास्तको समयमा सुत्नु वर्जित मानिन्छ । यसले तपाईको स्वास्थ्यमा प्रतिकूल असर गर्छ । यसले धन र स्वास्थ्यमा हानि पुर्‍याउँछ । शास्त्रमा पूजाका लागि सूर्यास्तको समय तोकिएको छ ।

प्रतिक्रिया