सोमबार, वैशाख १७, २०८१

सुनचाँदीकाे मूल्य सामान्य बढ्याे

नेपालखोज २०७९ जेठ ३ गते १२:०४

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया