सोमबार, वैशाख १७, २०८१

अघिअघि लागेका बालेन्द्रले कटाए १० हजार मत, स्थापित र सिंह पछिपछि

नेपालखोज २०७९ जेठ ३ गते १२:३१

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १० हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले १० हजार आठ सय ९९ मत पाएका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् ।

पछिल्लो मत परिणामअनुसार स्थापितले ५,८४१ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन पाँच हजार ५८ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार एक सय १४ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६३३ र विवेकशीलकी समीक्षा बास्कोटाले ७८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सुनीता डंगोलले १० हजार ४७७ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ३,०४८ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले २,२०२ र विवेकशील साझाकी कीर्ति कंसाकरले ३९६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया