बिहीबार, वैशाख १३, २०८१

आज विश्व दूरसञ्चार दिवस, दूरसञ्चारमा नेपालले गतिलो फड्को मार्दै

नेपालखोज २०७९ जेठ ३ गते १३:४०

काठमाडौं । ५३ औँ विश्व दूरसञ्चार दिवस आज (मंगलबार) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । दूरसञ्चारका क्षेत्रमा भएका उपलब्धिको जानकारी दिँदै यसका आवश्यक्तालाई कसरी परिपूर्ति गर्न कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा जानकारीमुलक कार्यक्रम आयोजना गर्दै दिवस मनाउँदै गरिएको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भएको दूरसञ्चारको विकाससँगै नेपालले कम आयश्रोतका बावजुद पनि दूरसञ्चारका क्षेत्रमा फड्को मार्दै गएको छ । सन् १९१३ मा काठमाडौंमा पहिलो पटक टेलिफोन लाइन जोडिएको थियो । नेपालको दूरसञ्चार क्षेत्रको विकास हेर्दा सन १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरिएको थियो ।

सन १९५० मा उपत्यकामा सय लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भएको उल्लेख छ । सन १९६२ मा मात्रै सर्वसाधारणका तीनसय लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान गरिएको थियो । प्रविधिको विकाससँगै सन १९७४ मा माइक्रोवेभ लिंकको बिस्तार हुँदै सन १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो । सन १९९९ मा नेपालमा पहिलो पटक मोबाइल फोनको शुरुवात भएकोमा सन २००० मा इन्टरनेटको व्यवसायिक शुरुवात भएको मानिन्छ ।

प्रतिक्रिया