बालेन्द्रले पाए ११ हजार १३ मत, स्थापित र सिंह दोस्रो हुनेमै हानाथाप !
काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ११ हजार १३ मत पाएका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् ।
पछिल्लो मत परिणामअनुसार स्थापितले ५,९५६ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन पाँच हजार ५७ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार दुई सय ११ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६३३ र विवेकशीलकी समीक्षा बास्कोटाले ७८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सुनीता डंगोलले १० हजार ४७७ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ३,०४८ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले २,२०२ र विवेकशील साझाकी कीर्ति कंसाकरले ३९६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रिंकु श्रेष्ठले ६२ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया