माधव नेपालले भने- गठबन्धनका घटकले आफूसँग सहकार्य गर्नै चाहेनन् (भिडियोसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले अपेक्षा गरेअनुसार मत परिणाम नआएको गुनासो गरेका छन् । कतिपय भए ठाउँमा राम्रो परिणाम प्राप्त गरे पनि कतिपय ठाउँमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उनले जनाए ।
२९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनले गठबन्धनको सिलसिलामा भएका राम्रा र त्रुटी पक्षको सम्बन्धमा समीक्षा गरिने बताए ।
गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको गुनासो गर्दै उनले निर्वाचनको परिणाम सम्बन्धमा गम्भीर छलफल गर्ने जनाए । निर्वाचन समीक्षापछि आगामी दिनमा गठबन्धनको रणनीति पनि बनाइनेमा अध्यक्ष नेपालको जोड छ ।
गठबन्धन दलहरूसँग भएको गुनासाका सम्बन्धमा पनि छलफल गरिने अध्यक्ष नेपालको भनाइ छ । परिणामजस्तो आएपनि जनताका माझमा पार्टीलाई क्रियासिल बनाउनु पर्ने आवाश्यकतामाथि अध्यक्ष नेपालले जोड दिएका छन् । विचार, काम र व्यवहारका हिसावले पार्टीलाई जनका बीचमा क्रियासिल बनाउनु पर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया