आइतबार, वैशाख १६, २०८१

बढ्दै रेणुको मतान्तर, विजय र जगन्नाथ पछ्याउँदै !

नेपालखोज २०७९ जेठ ३ गते १५:५२

भरतपुर । चितवनको भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये यस महानगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने देशैभर चासो छ ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार उनले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीभन्दा २२६ मतले अग्रता लिइरहेकी छन् ।

यो समाचार तयार पार्दासम्म रेणुले ६,६७८ मत प्राप्त गरेकी छन् । उनलाई एमालेका विजयले २२६ मतान्तरले पछ्याइरहेका छन् । सुवेदीले ६,४५२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ३,२५५ मत प्राप्त गरेका छन् । यसैबीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी भने ८,१२० मतले अग्रस्थानमा छन् । उनलाई राप्रपाका हिमला गुरुङले ५,३९६ मत ल्याउँदै पछ्याइरहेकी छन् ।

प्रतिक्रिया