प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
नेपालखोज
२०७९ जेठ ३ गते १७:२१
काठमाडौं । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले प्रस्तुत गरेकाे उक्त प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो ।
उक्त नियम निलम्बनको प्रस्तावलाई सांसदहरु देवप्रसाद गुरुङ र जीवनप्रेम श्रेष्ठले समर्थन जनाएका थिए । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४२ को उपनियम ९४० मा राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिन अगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिनुपर्ने प्रावधान छ ।
स्थानीय निर्वाचनका कारण उक्त अवधिमा छलफल गर्न नभ्याइने भएकाले नियमको सो प्रावधान निलम्बन गरिएको हो । -रासस
सम्बन्धित
प्रतिक्रिया