शनिबार, असोज ५, २०८१

बालेन्द्रले ल्याए ११,७९२ मत, केशव र सिर्जनाको अवस्था कठै !

नेपालखोज २०७९ जेठ ३ गते १८:२९

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ११ हजार ७९२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ ।

पछिल्लो मत परिणामअनुसार स्थापितले ६,४७६ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन पाँच हजार ३१६ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ६ सय ७४ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६३३ र विवेकशीलकी समीक्षा बास्कोटाले ७८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सुनीता डंगोलले ११ हजार ६९४ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ३,४४२ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले २,५०९ र विवेकशील साझाकी कीर्ति कंसाकरले ३९६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रिंकु श्रेष्ठले ६२ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठले जम्मा २० मत ल्याएकी छन् ।

प्रतिक्रिया