शुक्रबार, वैशाख १४, २०८१

धनगढीमा गोपाल हमाल अघिअघि, बड ५,८२२ मतले पछि !

नेपालखोज २०७९ जेठ ४ गते १४:४९

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल अगाडि छन् । उनी दलका नेताभन्दा दोब्बर मतले अगाडि छन् । हमालले ११,३१२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर बडले ५,४९० मत प्राप्त गरेका छन् । हमाल बडभन्दा ५,८२२ मतान्तरले अघि छन् ।

मेयरमा एमालेका रणबहादुर चन्दले २,५६७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरीले १५१ मत प्राप्त गरेका छन् ।

यसैबीच, उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमार अधिकारी क्षेत्री अग्रस्थानमा छन् । उनले ४,९२४ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकलाकुमारी रानाले ४,४१३ मत प्राप्त गरेकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेद्वार प्रभाकर भण्डारीले २,८२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया