आइतबार, भदौ ३०, २०८१

विराटनगरको मेयरमा कांग्रेसका नागेशको मतान्तर बढ्दै, ल्याए १४,४८६ मत

नेपालखोज २०७९ जेठ ४ गते १५:०७

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुख कांग्रेस अग्रस्थानमा देखिएको छ । एमाले दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । काठमाडौं, विराटनगर, भरतपुरलगायत स्थानीय तहमा परिणाम कस्तो हुने हो भन्ने आमचासो छ ।

विराटनगर महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रस्थान बनाएका छन् । उनले १४,४८६ मत प्राप्त गरेका छन् । नागेशलाई एमालेका सागरकुमार थापाले पछ्याइरहेका छन् । थापाले १०,९३४ मत प्राप्त गरेका छन् । नागेशले सागरलाई ३,५५२ मतान्तरले छाड्दै अघि बढिरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले ४,६१२ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले २,९४६ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा एमालेकी शिल्पा कार्की अगाडि छन् । उनले १२,४९७ मत प्राप्त गरेकी छन् । यसैगरी जसपाबाट उपमेयरका उम्मेद्वार अमरेन्द्र यादवले ७,६२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया