आइतबार, जेठ ६, २०८१

क्यानद्वारा नेपाल टी-ट्वान्टी लिगको मिति घोषणा

नेपालखोज २०७९ जेठ ४ गते १७:४८

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गरे ।

प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी-ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया