आइतबार, जेठ ६, २०८१

खेलाडी प्रशिक्षक विवाद : छानबिन समितिले एन्फालाई बुझायो प्रतिवेदन

नेपालखोज २०७९ जेठ ४ गते १८:१२

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल खेलाडी र प्रशिक्षकबीच भएकाे विवाद समाधानका लागि बनेकाे तीन सदस्यीय छानबिन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा समितिले एन्फाका महासविच इन्द्रमान तुलाधरलाई २८ पृष्ट लामो प्रतिवेदन बुझाएको हाे ।

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेकाे घटना सार्वजनकि भएकाे थियाे । खेलाडीहरुले प्रशिक्षककै कारण आफूहरुले क्याम्प छाडेकाे पत्रकार सम्मेलन गरेर बताएका थिए ।

प्रतिक्रिया