ललितपुर महानगर : चिरिबाबुले १३,६४६ मत प्राप्त गर्दा हरिकृष्णले ल्याए ७,०५१ मत
नेपालखोज
२०७९ जेठ ४ गते १८:३१
काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २५ हजार २६२ मतगणना गरिएको जनाइएकाे छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार चिरिबाबु महर्जनले १३ हजार ६४६ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेकपा (एमाले)का उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले अग्रता कायमै राखेकी छन् । उनले ९ हजार २७८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार बाबुराज बज्राचार्यले ५ हजार ४०४ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया