आइतबार, भदौ ३०, २०८१

‘सूचना प्रविधिको प्रयोग गरी नेपाललाई कृषिमा आयतमुखीबाट निर्यातमुखीमा परिणत गर्नुपर्छ’

नेपालखोज २०७९ जेठ ४ गते १९:२१

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले सूचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उद्घोष गरेका छन् । उक्त कुरा मन्त्री यादवले आज राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२औं दीक्षात समारोहमा बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथीकोरुपमा बोल्दै मन्त्री यादवले दीक्षित विद्यार्थीहरुलाई नेपाल मै बसेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयतमुखी मुलुकबाट परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणतगर्न आह्वान गरे ।

उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयु सँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताए ।

मुलुक कै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपाल मै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठनपाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको कुरा कार्यक्रमको अध्यक्षता गरीरहेका कलेजका अध्यक्ष पंकज जालानले भने ।

लर्ड बुद्धएजुकेसन फाउण्डेसनले एशिया प्यासिफिक यूनिभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा मै अन्तरराष्ट्रियस्तरको सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तरराष्ट्रिय शिक्षा उपलब्ध गराउदैं आएको छ ।

१५० जना विद्यार्थी दीक्षित भएको यस कार्यक्रमा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया