शुक्रबार, असोज ४, २०८१

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमारको अग्रता कायमै, कांग्रेस उम्मेद्वारले पछ्याउँदै

नेपालखोज २०७९ जेठ ५ गते ९:५५

जनकपुर । जनकपुर उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार शाह सुडी अग्रस्थानमा रहेका छन् । उनले ५,०६१ मत प्राप्त गरेका छन् । सुडीलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । साहले ३,२३१ मत प्राप्त गरेका छन् ।

यस्तै मेयर पदकै स्वतन्त्र उम्मेद्वार बलराम महतोले १,४०८ मत प्राप्त गरेका छन् । लोसपाका मनोज चौधरीले १,४८८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका लालकिशोर साहले १,२८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले ५,३९५ मत प्राप्त गरेका छन् । एमालेकी रुणादेवी झाले ३,५६४ मत ल्याएकी छन् भने स्वतन्त्र निर्मलकुमार चौधरीले १,६६० मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीकी रिताकुमारी मिश्रले १,४९७, जितेन्द्रकुमार साह हलुवाईले ३७४, जनमत पार्टीका सन्तोषकुमार साहले ६२४, तराइ–मधेश लोकतान्त्रिक पार्टीका ईश्वर पण्डित कुम्हारले ४१९ र स्वतन्त्र उम्मेद्वार कुमारी बनिता यादवले ८२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया