शुक्रबार, जेठ ४, २०८१

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ जेठ ५ गते ११:३०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया