इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण अगाडि, एमालेका यामकुमार पछ्याउँदै
नेपालखोज
२०७९ जेठ ५ गते १३:५४
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दा उनले १९,२६४ मत प्राप्त गरेका छन् । एमालेका यामकुमार सुब्बाले १६,३३९ मत ल्याएका छन् ।
यस्तै राप्रपाका आकाशहाङ लिम्बुले १८४८ र मंगोल नेशनल अर्गनजाइजेशनका दिपेन्द्र राईलेले १५२ मत प्राप्त गरेका छन् ।यसैबीच उपमेयरमा संगीताकुमारी चौधरीले १८,९९५ मत प्राप्त गर्दै अग्रस्थान छन् ।
एकीकृत समाजवादीका केशवकुमार विष्ट ११,११४ मत ल्याएका छन् । राप्रपाकी बबिताकुमारी चौधरीले २, ४४५ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया