मंगलबार, वैशाख ११, २०८१

प्रधानसेनापति र इजरायली राजदूतबीचको भेटमा के भयो ?

नेपालखोज २०७९ जेठ ५ गते १४:३८

काठमाडौं । प्रधानसेनापति र इजरायली राजदूतबीच भेटघाट भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र इजरायलका राजदूत हनान गोदरबीच बुधबार सैनिक मुख्यालयमा भेटवार्ता भएको हो ।

भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया