शुक्रबार, चैत १६, २०८०

नेपालद्वारा युगान्डालाई १०० रनको लक्ष्य

नेपालखोज २०७९ जेठ ५ गते १५:२४

काठमाडौं । नेपालले तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पाहुना टोली युगान्डालाई जितका लागि १०० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल बनायो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् ।

त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन् भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले चार रन जोडद रोमा थापा र डोली भट्टले समान तीन-तीन रन जोडिन् । सबनम राई र इन्दु बर्माले एक-एक रन जोडिन् । बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई-दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक-एक विकेट लिए ।

पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा टी-ट्वान्टीले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको थियो ।-रासस

प्रतिक्रिया