काठमाडौं महानगर : बालेन्द्रले कटाए २४ हजार मत, स्थापित ११ हजार ७५१ मतले पछाडि
काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले २४ हजार ३२४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।
पछिल्लो मत परिणामअनुसार स्थापितले १२,५७३ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ११ हजार ७५१ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १२ हजार २३१ मतले पछाडि छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले १३९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सुनीता डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ६,३१६ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३,४४९, स्वतन्त्र उम्मेद्वार बेन्जीसिंह महर्जनले १,५२१, विद्या श्रेष्ठ (महर्जन) ले १११९ प्राप्त गरेका छन् । यस्तै विवेकशील साझाकी कीर्ति कंसाकरले ५७६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार रिंकु श्रेष्ठले ६२ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठले जम्मा २० मत ल्याएकी छन् ।
प्रतिक्रिया