बिहीबार, वैशाख ६, २०८१

भारतमा २४ घण्टामा दुई हजार २५९ कोरोना संक्रमित

नेपालखोज २०७९ जेठ ६ गते १३:४७

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप संक्रमति भएपछि यहाँ कूल संक्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ । यस समयमा भारतमा ७७५ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना संक्रमण निको भएको छ ।-रासस

प्रतिक्रिया