शुक्रबार, चैत १६, २०८०

टी-ट्वान्टी सिरिजमा युगान्डाविरुद्ध नेपालकाे पहिलाे जित

नेपालखोज २०७९ जेठ ६ गते १७:५६

काठमाडाैं । नेपालले युगान्डाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा पहिलो जित निकाल्न सफल भएकाे छ । लगातार तीन खेलमा हार ब्यहोरेर सिरिज गुमाएको नेपाली महिला टिमका लागि घरेलु मैदानमा भएको सिरिजमा याे पहिलो अन्तराष्ट्रिय जित हो । नेपालले युगान्डालाई १५ रनले हराएर निकाल्न सफल भएकाे हाे ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा झारिएको खेलमा १७ ओभर पाँच बलमा अलआउट हुँदै ९७ रन बनायो ।  नेपालले अन्तिम खेल शनिबार खेल्नेछ । 

प्रतिक्रिया