बुधबार, असोज २, २०८१

२९६ पालिकामा कांग्रेसको जित, एमाले १८३ र माओवादी ११३

नेपालखोज २०७९ जेठ ६ गते १८:१०

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २९६ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म २६ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १८३ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १९ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ११३ पालिका प्रमुखमा जित निकालेको छ भने ११ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने पाँच पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले २० प्रमुख पद जितेको छ भने १३ स्थानमा अगाडि छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । यस्तै लोसपा ९ स्थानमा जित हासिल गरेको छ भने सात स्थानको पालिका प्रमुखमा अगाडि छ । अन्य दल तथा स्वतन्त्र उम्मेद्वार गरी २७ वटा प्रमुखमा विजयी हासिल गरेका छन् भने ६ प्रमुखमा अग्रता लिइरहेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसले २६९, एमालेले २०४, माओवादी ११९, जनता समाजवादी २२ र लोकतान्त्रिक समाजवादी पार्टीले नौ, एकीकृत समाजवादीले २१, अन्य दल तथा स्वतन्त्र उम्मेद्वारले १६ पालिकाको उपप्रमुखमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया