शनिबार, वैशाख ८, २०८१

हेटौंडामा एकीकृत समाजवादीकी मीनाकुमारी लामा २३,०७५ मतसहित मेयर निर्वाचित

नेपालखोज २०७९ जेठ ७ गते ८:२२

काठमाडौं । हेटौंडा उपमहानगरपालिको मेयरमा गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की उम्मेदवार मीनाकुमारी लामा विजयी भएकी छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत लामा २३,०७५ मतसहित मेयरमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

लामाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेद्‌वार अनन्‍तप्रसाद पौडेललाई २,१६७ मतान्तरले पराजित गरिन् । एमालेका पौडेलले २०,९०८ मत ल्याए । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २०,५३१ मत ल्याए ।

लामा अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाटै उपमेयरमा निर्वाचित भएकी थिइन् । एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादीतर्फ लागेकी थिइन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेद्‌वार राजेश बानियाँ ३२,५९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेद्‌वार सुमित्रा काफ्‍लेले २३,९०९ मत ल्याइन् । राप्रपाकी इन्दिरा न्यौपानले ५,४८३ मत ल्याइन् । हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो ।

प्रतिक्रिया