बिहीबार, चैत १५, २०८०

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार एमालेका शिवशंकरभन्दा २,४२८ मतले अघि

नेपालखोज २०७९ जेठ ७ गते १३:२२

जनकपुर । जनकपुर उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साह सुडी अग्रस्थानमा रहेका छन् । उनले ७,७०८ मत प्राप्त गरेका छन् । सुडीलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । साहले ५,२८० मत प्राप्त गरेका छन् ।

यस्तै मेयर पदमा लोसपाका मनोज चौधरीले २,८९० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार बलराम महतोले २,४७२ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका लालकिशोर साहले १,९९२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले ८,९४३ मत प्राप्त गरेका छन् । एमालेकी रुणादेवी झाले ६,०१० मत ल्याएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले २,८७३ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेद्वार निर्मलकुमार चौधरीले २,४५३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया