शुक्रबार, चैत १६, २०८०

५,५९० मतान्तरले रेणु अघिअघि, पछ्याउँदै विजय

नेपालखोज २०७९ जेठ ७ गते १३:४४

चितवन । भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये भरतपुरको नेतृत्व कसको हुने भन्ने देशैभर चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।

पछिल्लो मतपरिणामअनुसार उनले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ५,५९० मतले अग्रता लिइरहेकी छन् ।

यो समाचार तयार पार्दासम्म रेणुले २८,८०८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले २३,२१८ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १०,०९८ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी भने ३१,१२१ मतले अग्रस्थानमा छन् । उनलाई राप्रपाका हिमला गुरुङले १८,०२२ मत ल्याउँदै पछ्याइरहेकी छन् ।

प्रतिक्रिया