शुक्रबार, वैशाख १४, २०८१

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण एमालेका यामकुमारभन्दा ४ हजार मतले अघि

नेपालखोज २०७९ जेठ ७ गते १४:००

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दा उनले २८,३६८ मत प्राप्त गरेका छन् । पौडेललाई पछ्याउँदै गरेका एमालेका यामकुमार सुब्बाले २४,२५२ मत ल्याएका छन् ।

मेयरमै राप्रपाका आकाशहाङ लिम्बुले ३,१८३ मत प्राप्त गरेका छन् । यसैबीच उपमेयरमा संगीताकुमारी चौधरीले २७,८२८ मत प्राप्त गर्दै अग्रस्थान छिन् । उनलाई गठबन्धन उम्मेद्वार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केशवकुमार विष्टले पछ्याइरहेका छन् । विष्टले १५,८७१ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी बविता चौधरीले ३,६८३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया