शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसले ३०७ पालिकामा जित हासिल गर्दा, एमाले १८८ र माओवादीले ११९ पालिका जित्याे

नेपालखोज २०७९ जेठ ७ गते १८:३९

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म ३०७ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म २० पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १८८ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १८ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ११९ पालिका प्रमुखमा जित निकालेको छ भने दुई स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने दुई पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले २५ प्रमुख पद जितेको छ भने ७ स्थानमा अगाडि छ ।

प्रतिक्रिया