मंगलबार, असोज १, २०८१

३०९ पालिकामा कांग्रेसले जित हासिल गर्दा, एमाले १८९ र माओवादी ११९ मा विजयी

नेपालखोज २०७९ जेठ ७ गते २१:३१

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म ३०९ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म १९ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १८९ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १६ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ११९ पालिका प्रमुखमा जित निकालेको छ भने दुई स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने दुई पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले २६ प्रमुख पद जितेको छ भने ६ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा प्रमुख पद जितेको छ भने ५ स्थानमा अगाडि छ । स्वतन्त्र तथा अन्य पार्टीले २७ स्थानको प्रमुखमा जित हासिल गरेका छन् भने पाँच स्थानमा अगाडि छन् ।

प्रतिक्रिया