बिहीबार, चैत १५, २०८०

मंकीपक्स : १२ देशमा ८० जनामा संक्रमण पुष्टि, दर्जनौंमा सरेको आशंका

नेपालखोज २०७९ जेठ ८ गते ८:५१

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ )ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाएको छ । तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन ।

डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ । मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो। सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन् ।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन। जनसाधारणमा व्यापक रूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ ।

यो रोगविरुद्ध छुट्टै खोप उपलब्ध छैन । यद्यपि बिफरविरुद्ध निर्मित खोपले ८५% सुरक्षा दिन्छ। बिफर र मङ्कीपक्स भाइरसमा निकै समानता छ । बीबीसी

प्रतिक्रिया