बिहीबार, जेठ ३, २०८१

सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ जेठ ८ गते १०:५५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी १२ सय ५५ रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया