बुधबार, असोज २, २०८१

सिद्धार्थ बैंक बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१ अवार्डबाट सम्मानित

नेपालखोज २०७९ जेठ ८ गते ११:३५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरूको प्रतिस्प्रधात्मक प्रकृयाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेताहरू छनोट गरिएको हो जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।

आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरू मध्ये आफ्ना ग्राहकहरूलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो । उक्त अवार्ड शुक्रबारका दिन एक विशेष कार्यक्रममा आईफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजन मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरिएको हो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर एक सय ९० वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टरसहित), एक सय १४ वटा शाखारहित बैंकिङ्ग सेवा र १५ सय भन्दा बढी पीओएस् मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया