बिहीबार, वैशाख १३, २०८१

६ जनामा कोरोना, १३ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ ८ गते १६:१७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ६९६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ भने ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन् । नेपालमा हाल १४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १३ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ हजार ३०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया