बुधबार, वैशाख २६, २०८१

नेपाल र अफगानिस्तानबीच हुने भनिएकाे मैत्रीपूर्ण खेल रद्द

नेपालखोज २०७९ जेठ ८ गते २०:४७

काठमाडाैं । नेपालले अफगानिस्तानसँग खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ । एसियन कप छनोट अघि नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका भएपनि अहिले रद्द भएको हाे । 

एन्फाले नेपाली टिमको तयारी स्वरुप दोहामा जेठ ११ र १५ अफगानिस्तानसँग खेल्ने तालिका थियो । तर, अफगानिस्तानको टोली कतार आउन नमानेपछि मैत्रीपूर्ण खेल रद्द भएको जनाइएकाे छ ।

कुवेतमा हुने एसियन कपको छनोट अगाडि नेपाली टिमले कतारमा क्याम्प राख्ने कार्यक्रम छ । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग खेल्नेछ । 

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछन । जसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्नेछ भने  दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । जुन १४ मा नेपालले इन्डोनेसियाविरुद्ध खेल्नेछ । यो प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भइसकेको छ । 

प्रतिक्रिया