शुक्रबार, वैशाख १४, २०८१

वीरगन्ज : मेयरमा सिंह १८,७५८ र उपमेयरमा आलम १८,३४७ मतान्तरले अघि

नेपालखोज २०७९ जेठ ९ गते ९:५२

वीरगन्ज । मधेश प्रदेशको वीरगन्ज महानगरपालिकामा मतगणना जारी छ । महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहको अग्रता कायमै छ । उनले यो समाचार तयार पार्दा मतसंख्या तथा मतान्तर पनि बढाउँदै लगेका छन् ।

सिंह अहिले ३८,४३७ मत ल्याएर अग्रस्थानमा छन् । एमालेका विजयकुमार सरावगी सिंहभन्दा निकै पछाडि छन् । सरावगीले १९,६७९ मत प्राप्त गरेका छन् । पछिल्लो परिणामअनुसार उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम अगाडि छन् । उनी १८,३४७ मतको अन्तरमा अग्रस्थानमा देखिएका हुन् ।

आलमले २४,९१५ मत प्राप्त गरेका छन् । उपमेयरमै लोसपाका पुरुषोत्तमलाल झा कांग्रेसका आलमभन्दा धेरै मतान्तरमा पछाडि छन् । उनले ६,५६८ मत प्राप्त गरेका छन् । राप्रपाकी बिना जैसवालले ४,८३४ र स्वतन्त्र रम्भा मिश्राले ३,४५८ मत ल्याएकी छन् ।

प्रतिक्रिया