शुक्रबार, जेठ ४, २०८१

झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेको जित

नेपालखोज २०७९ जेठ ९ गते १२:२२

झापा । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित एमालेका देवीन्द्रप्रसाद चम्लागाईँ ७ हजार १४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत प्राप्त गरेका छन् ।

यसैबीच उपाध्यक्षमा एमालेकै शान्तादेवी शिवाकोटी खरेलले ६ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । शान्ताका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले ४ हजार १९५ मत प्राप्त गरिन् । सात वडा रहेको झापाको बाह्रदशीमा ४ वडामा कांग्रेस, एक/एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी हासिल गरेका छन् ।

३७,९१६ जनसंख्या भएको बाह्रदशी गाउँपालिकामा ७ वटा वडा छन् । कुल मतदाता २५, ८२६ रहेका छन् । महिला मतदाताको संख्या १२,७५२ छ भने पुरुष मतदाताको संख्या १३?७४ छ ।

प्रतिक्रिया