आइतबार, जेठ २०, २०८१

सिटिजन्सका ग्राहलाई सुर्खेत हस्पिटलमा २० प्रतिशत छुट

नेपालखोज २०७९ जेठ ९ गते १३:१६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डजाहकले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथ ड्रल (यो सुविधामार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था पनि गरेको जानकारी बैंकले गराएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क सेवाको सुरुवात पनि गरेको छ । कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बंैकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिनै प्राप्त गर्न सक्नेछन् ।साथै बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्त गर्न सक्नेछन । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका १७४ शाखा, १२५ एटीएम र ९३ शाखारहित बैंकिङ एकाइहरूबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया