शनिबार, जेठ ५, २०८१

बालेनले ल्याए ४७ हजार ७५२ मत, सिंह र स्थापितकाे कति ?

नेपालखोज २०७९ जेठ ९ गते २०:२४

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ४१ हजार ६ मतको गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ४७ हजार ७५२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत ल्याउँदै दास्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापितले २७ हजार ९७७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया