आइतबार, भदौ ३०, २०८१

नक्कली सुन बेच्ने २ जना पक्राउ

नेपालखोज २०७९ जेठ १० गते १४:३९

लुम्बिनी । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका-१० शीतलापुरस्थित होटेलमा बुटवल उपमहानगरपालिका- १७ बस्ने ४० वर्षिय धन सौमैलाई बोलाई आफूसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

रुपन्देहीको गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने ३७ वर्षिय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका-१ हात्तीबजार बस्ने ३७ वर्षिय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका-१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी विभिन्न प्रलोभनमा पारी झुक्याइ नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन ब्रासलेट समेत लिई फरार रहेका थिए ।

प्रहरीले उनीहरुसँग सुन जस्तो देखिने पहेँलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान र विभिन्न कम्पनीका मोबाइल सेट चार थान र पीडितको ब्रासलेट गालेर बनाएको करिब १ तोला ७ लाल बराबर तौलको सुनको डल्लासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।-रासस

प्रतिक्रिया