टण्डनलाई पर्यटन बोर्डको सम्मान
काठमाडौं । विदेशमा आफनै स्रोत र साधनको प्रयोग गरेर नेपालका पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटनदूत नरबहादुर टण्डनलाई सम्मान गरेको छ ।
नेपालका पर्यटन बोड सञ्चालक समिति सदस्य मदनकुमार आचार्य र मिलन देवकोटलाई स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कोभिडअघि जसरी नेपालमा पर्यटनको आगनमा भएको थियो त्यसरी नै पर्यटकको आगनमा भइरहेको बताए । उनले भने, ‘हामी कोभिडअघिको अवस्थामा लगभग ६० प्रतिशित पुगिसकेका छौं ।’ यदि फेरि कोभिडको महामारी भएन भने हामी चाँडै पहिलेकै अवस्थमा फर्कन सक्ने उनको भनाइ छ ।
सम्मानित व्यक्तित्व टण्डनले हामीजस्ता विदेशमा बस्ने नेपाली मूलका नागरीकलाई राज्यले जति प्रयोग गनुपर्ने हो त्यति गर्न नसकेको बताए । उनले भने, ‘यदि राज्यले अलिकति मात्र हामी जस्तालार्ई हातेमाले गर्यो भने पर्यटनका माध्यमबाटै देशको अािर्थक समृद्धिमा टेवा पुग्ने पक्का छ । उनले नेपालबाट देशको प्रतिनिधित्व गर्दै विदेश जाँदा दलको भन्दा पनि नेपालको प्रतिनिधित्व गर्दा थप प्रभावकारिता हुने बताए । कार्यक्रममा नवनिर्वाचित नाटा र भिटाफका कार्य समिति सदस्यहरूलाई बोर्डले स्वागत गरेको थियो ।
दाङमा जन्मेर क्यानडामा विगत १८ वर्षदेखि नेपालको पर्यटन प्रवर्द्धन गर्र्दै आएका टण्डनले अहिले आफ्नै ट्रकमा नेपाल झल्कने तस्बिरहरू राखेर क्यानडा तथा अमेरिकाका विभिन्न सहरमा प्रचार–प्रसार गरिरहेका छन् । उनले क्यानडामा बहुसांस्कृतिक मेला तथा नेपालका सरकारले घोषणा गरेको भिजिट नेपालमा २०२० लक्षित गरी क्यानडाका १० व्यस्त सहरमध्य ग्रेटर टोरोन्टो क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा समेत नेपाल झल्कने तस्बिरहरू राखेर प्रचार–प्रसार गरिसकेका छन् ।
प्रतिक्रिया