शुक्रबार, चैत १६, २०८०

बालेनको पुग्यो ५१ हजार ३६७ मत, सिर्जना ३२,१६४ Vs स्थापित ३१, ५५७

नेपालखोज २०७९ जेठ १० गते १६:०१

काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ५१ हजार ३६७ मत पुर्याएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार १६४ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापित ३१ हजार ५५७ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया