शनिबार, वैशाख १५, २०८१

थपिए १६ संक्रमित, ११ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ १० गते १६:४३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ९९८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ भने ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६७ हजार २ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २० हजार ८९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया