बिहीबार, वैशाख ६, २०८१

अनलाइनमार्फत लाखाैं ठग्ने उत्सव श्रेष्ठ पक्राउ

नेपालखोज २०७९ जेठ १० गते १७:१६

काठमाडौं । सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने ३५ वर्षीय उत्सव श्रेष्ठलाई रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति समेत भएको बताएका छन् । अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि म्यासेज पठाई नेपालमा रहेका विभिन्न ब्यक्तिहको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रुपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

निजको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो । उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

त्यस्तै, महालक्ष्मी नगरपालिका-७ मा जुवातास खेलिरहेको बेलामा ६ जनालाई पक्राउ गरेको छ । चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार २५ रुपैयाँ र ५८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया