आइतबार, असार १२, २०७९

‘सरकारले तीनै तहको बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्नेछ’

नेपालखोज २०७९ जेठ १० गते १७:५२

काठमाडौं । सरकारले तीनै तहको बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्ने पहल गर्ने भएको छ । मंगलवार संघीय संसद्को दुवै सदनको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सार्वजनिक खरिदसम्बन्धी कानुनलाई सुधार गर्ने जनाएकी छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने प्रष्ट पारेकी छन् । यस्तै राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याउने राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने पनि राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा बताएकी छन् । यस्तै विद्यमान कर प्रणालीको पुनरावलोकन गरी स्वच्छ, पारदर्शी, लगानी एवम् व्यवसायमैत्री बनाइने सरकारको कार्यक्रममा उल्लेख छ । यस वर्ष ३ सय २५ किलोमिटर सडक कालोपत्र गरेको, सय वटा पुल निर्माण गरेको र थप १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ ।

प्रतिक्रिया