शुक्रबार, वैशाख १४, २०८१

रोकिएको पोखरा महानगरको मतगणना सुरु

नेपालखोज २०७९ जेठ १० गते १९:५२

पोखरा । रोकिएको पोखराका तीन वडाको मत गणना सुरु भएको छ । एमालेले वडा नं. १८ मा ९ मत हराएको भन्दै फेरि मत गणनाका लागि निवेदन दिएको थियो । यही मत हराएको  विषयलाई लिएर वडा नं. २२, ३२ र ३३ को मत गणनास्थल एमालेका प्रतिनिधिले छाडेका थिए ।

दिउँसो १२ बजेदेखि रोकिएको मतगणना सातघण्टा पछि सुरु भएको छ भने वडा नं. १८ को विषयचाहिँ कानुनी प्रक्रियामा लैजाने सहमति जुटेको छ ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइकाअनुसार वडा नं. १८ को विवाद ऐन अनुसार अगाडि बढाइने छ । उक्त निवेदनलाई लिएर कार्यालय गम्भीर रहेको उनले बताए ।

प्रतिक्रिया