शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसको नेतृत्व ३२२ पालिकामा, एमाले २०३ र माओवादी १२१

नेपालखोज २०७९ जेठ १० गते १९:५१

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म ३२२ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म पाँच पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी २०३ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । दुई पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले १२१ पालिका प्रमुखमा जित निकालेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले १९ वटा पालिकाको अध्यक्ष जितेको छ भने एउटा पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले ३० प्रमुख पद जितेको छ भने एक स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १६ स्थानमा प्रमुख पद जितेको छ । स्वतन्त्र तथा अन्य पार्टीले ३० स्थानको प्रमुखमा जित हासिल गरेका छन् भने एक स्थानमा अगाडि छन् ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसले नै बढी स्थानमा जित हासिल गरेको छ । जसअनुसार कांग्रेस, एमाले र माओवादीले क्रमश: २९८, २३३ र १२६ स्थानमा उपप्रमुख पदमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया