शुक्रबार, चैत १६, २०८०

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७९ जेठ १० गते २०:३०

सुनसरी । आफ्नै आमा ४२ वर्षीया शान्ता सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तालाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पागां बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया