बिहीबार, चैत १५, २०८०

फुटबल टिमकाे नयाँ कप्तान बने नवयुग श्रेष्ठ

नेपालखोज २०७९ जेठ १० गते २१:११

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिममा नयाँ कप्तान नियुक्त गरिएको छ । प्रशिक्षक र खेलाडीबीच विवाद हुँदा सिनियर खेलाडीहरुले क्याम्प छाडेका थिए ।

प्रशिक्षकसँग राेहित चन्दकाे विवाद हुँदा राेहितसँगै अन्य खेलाडीले क्याम्प छाडेका थिए । त्यतिबेला नेपाली टिमका कप्तान किरण चेम्जाेङ नेपालमा नभए पनि सामाजिक सञ्जालमार्फत खेलाडीहरुकाे पक्षमा देखिए पछि उनलाई पनि राष्ट्रिय टिमबाट बाहिर राखेर नयाँ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समावेश गरिएकाे थियाे । बन्द प्रशिक्षणमा रहेका मध्य सिनियर खेलाडीकाे रुपमा रहेका नवयुग श्रेष्ठलाई नेपाली फुटबल टिमकाे कप्तान नियुक्त गरिएकाे छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई बिदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको हाे । नेपाली टिम बुधबार कतार जाँदै छ । नेपाली टिमलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले बिदाई गरेका छन् ।

प्रतिक्रिया