मंगलबार, वैशाख ४, २०८१

एसियन कप छनोटका लागि नेपाली फुटबल टिम आज कतार जाँदै

नेपालखोज २०७९ जेठ ११ गते ६:४७

काठमाडाैं । कुवेतमा हुने एसियन कप फुटबल छनोटका लागि नेपाल टिम आज कतार जाँदै छ । टिमको कप्तानी भने यो पटक नवयुग श्रेष्ठले गर्ने भएका छन् ।

नेपाली फुटबल टिम आज साँझ कतारको दोहा जाने भएको हो । कुवेतमा हुने प्रतियोगितामा जान अगाडी नेपाली टिमले दोहामा प्रशिक्षण क्याम्प राख्ने भएको छ ।

यसअघि दोहामा नै अफगानिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका रहेपनि त्यो रद्द भएको छ । नेपाली फुटबल टिमलाई गएराति एन्फाका पदाधिकारी तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाई गरेका थिए ।

एसियन कप छनोटको समूह ‘ए’मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसिया जस्ता टिमसँग खेल्नेछ । जुन आठ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ मा खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ। तेस्रो चरणको छनोटका शिर्ष टिम र पाँच समुहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया